Harsamaya
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, आरोपित पक्राउ
चन्द्रबहादुर ओली ।

डोटी - जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे) गरेका एक व्यक्तिले श्रीमतीमाथि कुटपिट गर्दा उपचारका क्रममा उनको मृत्यु भएको छ। घटनामा संलग्न श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्थानका अन्दाजी ५०/५१ वर्षीय चन्द्रबहादुर ओली रहेका छन्। उनले मादक पदार्थ सेवन गरी आफ्नी ४७ वर्षीया श्रीमती अमृता ओलीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।

घटनाबारे वडा अध्यक्षमार्फत जानकारी प्राप्त भएपछि घटनास्थल पुगेको प्रहरी टोलीले चन्द्रबहादुरलाई नियन्त्रणमा लिएको थियो।

कुटपिटबाट गम्भीर घाइते भएकी अमृतालाई प्रारम्भिक उपचारका लागि स्थानीय चन्कट्टे स्वास्थ्य चौकी लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update