सेवाग्राहीसँग घुस लिँदै गर्दा लहानका कर अधिकृत अख्तियारको फन्दामा
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ।
आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानअनुसार लहानस्थित एक कम्पनीको कर परीक्षणमा सहज गराइदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस मागेर लिएको आरोप छ।
अख्तियारले बरामद भएको घुस रकम यकिन गर्ने तथा घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३ १५:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

