Harsamaya
ट्राफिक प्रहरीले गर्यो १ हजार ४५८ जनालाई कारबाही
ट्राफिक चेकजाँच ।

काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ४५८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५२, यान्त्रिक कारवाहीमा ३५, रातोबत्तीमा ५६ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा १४८, हर्न निषेधमा ४४, लेन क्रसमा ९१, अवस्था ठिक नभएको ५० र एकतर्फीमा ४० जना र अन्यमा ९४२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update