अश्लील भिडियो जोडेर चरित्रहत्या गरिएको भन्दै ज्ञानेन्द्र शाहीको आपत्ति
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर असम्बन्धित अश्लील भिडियो प्रचार गरिएको भन्दै त्यसलाई चरित्रहत्याको प्रयास भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले आफूसँग असम्बन्धित भिडियोलाई आफ्नो भन्दै फैलाइएको दाबी गर्दै यस्ता गतिविधिले आफूलाई सत्यको पक्षमा बोल्न वा प्रश्न उठाउनबाट रोक्न नसक्ने बताएका छन्।
उनले यस्ता सामग्री फैलाउनेहरूलाई आफूलाई त्यही अवस्थामा राखेर सोच्न आग्रह गर्दै यस्ता प्रचारले परिवार र समाजमा गम्भीर असर पार्ने उल्लेख गरेका छन्।
शाहीले चरित्रहत्याको प्रयासबाट आफू विचलित नहुने भन्दै सत्य एक दिन बाहिर आउने विश्वाससमेत व्यक्त गरेका छन्।
प्रकाशित मिति: बुधबार, साउन ६, २०८३ १६:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

