यूकेको सपना देखाएर १७ लाख ठगी, पूजा शाही पक्राउ
काठमाडौं - वैदेशिक रोजगारीका लागि बेलायत (यूके) पठाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा काठमाडौं महानगरपालिका–१७ निवासी ३२ वर्षीया पूजा शाहीलाई माइतीघरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
शाहीले एक जना पीडितलाई यूके पठाइदिने प्रलोभन देखाएर १७ लाख रुपैयाँ ठगी गरेको आरोप छ।
पक्राउ परेकी शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, साउन ४, २०८३ २१:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

