Harsamaya
काठमाडौंमा ७२१ जना चालकलाई कारबाही
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने २१, राइड सेयरिङमा २६, रातोबत्तीमा ४१ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा १३४, सडक फुटपाथमा २५, हर्न निषेधमा २१,अवस्था ठिक नभएको ९ र अन्यमा ३९३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update