घरायसी विवादले श्रीमतीको खुकुरी प्रहार गरी हत्या
संखुवासभा - संखुवासभामा घरायसी विवादका क्रममा श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
चैनपुर नगरपालिका–७ घर भई हाल मादी नगरपालिका–४ डाँडागाउँ बस्दै आएका ५६ वर्षीय अमरबहादुर सार्कीले आफ्नी ४३ वर्षीया श्रीमती फुलमाया मुदेलको हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घरायसी विवादका क्रममा उनले घरमै रहेको खुकुरी प्रहार गर्दा फुलमायाको घटनास्थलमै मृत्यु भएको हो।
घटनामा प्रयोग गरिएको खुकुरी बरामद गरिएको छ भने आरोपी अमरबहादुरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शनिबार, साउन २, २०८३ २१:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

