Harsamaya
घुँगी खोज्न गएका राजारामको डुबेर मृत्यु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

चितवन - बूढी राप्तीमा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकालको मृत्यु भएको हो । 

आज दिउँसो खोलामा डुबेका ढकाललाई उद्धार गरेर भरतपुर अस्पतालमा पुर्‍याइएकामा उपचारका क्रममा अपरान्ह मृत्यु भएको हो ।
 

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update