Harsamaya
सवारी दुर्घटनामा ५ जनाको मृत्यु, १२१ घाइते
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन्।

प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी चार जनाको मृत्यु कोशी प्रदेशमा भएको छ। मधेश प्रदेशमा एक जनाको ज्यान गएको छ। अन्य प्रदेशमा भने उक्त अवधिमा सवारी दुर्घटनाबाट मृत्यु भएको छैन।

घाइते हुनेको संख्या भने मधेश प्रदेशमा सबैभन्दा बढी ४३ जना रहेको छ। काठमाडौं उपत्यकामा ३२, लुम्बिनीमा १८, कोशीमा १६, बागमती प्रदेशमा ६, सुदूरपश्चिममा ४ र कर्णालीमा २ जना घाइते भएका छन्। गण्डकी प्रदेशमा घाइतेको संख्या शून्य रहेको छ।

सवारी दुर्घटनाका घटनाले वर्षायाममा सडक सुरक्षाप्रति थप सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको छ। प्रहरीले चालकलाई तीव्र गति नियन्त्रणमा राख्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन तथा वर्षाका कारण चिप्लो र जोखिमयुक्त सडकमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update