Harsamaya
डडेल्धुरामा बोलेरो जिप ५०० मिटर तल खस्यो, दुई जनाको मृत्यु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - डडेल्धुरामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

धनगढीदेखि दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप शुक्रबार बिहान अमरगढी नगरपालिका–७ खसरेखानमा करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र २० वर्षीय हुम लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

जिपमा सवार अन्य तीन जना घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update