Harsamaya
सामाजिक सञ्जालमा फैलाइएको अफवाहप्रति ज्ञानेन्द्र शाहीको आक्रोश: ‘निर्दोष चेलीको चरित्रहत्या बन्द गर’ 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाही ।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले दुबईमा कार्यरत एक नेपाली महिलाको तस्वीरलाई आफ्नो श्रीमती भन्दै सामाजिक सञ्जालमा झूटो प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले यस्तो प्रचारले निर्दोष महिलाको चरित्रहत्या भएको र उनको सम्मान, परिवार तथा मानसिक अवस्थामाथि गम्भीर असर पर्ने बताएका छन्। उनले कसैको चरित्रमाथि आधारहीन आरोप लगाउनु मनोरञ्जन नभई गैरजिम्मेवार कार्य भएको उल्लेख गरेका छन्।

शाहीले आफूले संसदमा उठाएका प्रश्नको तथ्यसहित जवाफ दिन चुनौती दिँदै व्यक्तिगत आरोप, अफवाह र चरित्रहत्यामार्फत सत्यलाई ढाक्ने प्रयास नगर्न आग्रह गरेका छन्। उनले केही व्यक्तिको यस्तो गतिविधिका कारण सम्बन्धित राजनीतिक दलका समर्थकसमेत लज्जित हुने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन्।

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update