भेनेजुएला भूकम्प : ३८ सय बढीको मृत्यु, ३० करोड डलर सहयोग अपिल
काठमाडौं - विनाशकारी भूकम्पबाट प्रभावित भेनेजुएलामा मृत्यु हुनेको संख्या ३ हजार ८११ पुगेपछि संयुक्त राष्ट्रसंघले राहत तथा पुनःस्थापनाका लागि ३० करोड अमेरिकी डलर अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ।
संयुक्त राष्ट्रसंघका अनुसार आगामी ६ महिनामा १३ लाख प्रभावित नागरिकलाई सहायता उपलब्ध गराउने लक्ष्य राखिएको छ। हालसम्म करिब १७ हजार जना घाइते भएका छन् भने हजारौं अझै बेपत्ता र घरबारविहीन छन्।
भूकम्पबाट करिब ६ अर्ब ७० करोड डलर बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाको काम जारी रहे पनि धेरै परिवार अझै खाद्यान्न, पानी र आश्रयको अभावमा खुला आकाशमुनि बस्न बाध्य छन्।
प्रकाशित मिति: बिहीबार, असार २५, २०८३ १७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

