जरिवाना नतिर्ने २ लाख ६१ हजार चालकको यातायात सेवा रोक्का
काठमाडौं - ट्राफिक जरिवाना नतिर्ने २ लाख ६१ हजारभन्दा बढी सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवा रोक्का गरिने भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जरिवाना नतिरेका चालकले सवारी नामसारी, नयाँ सवारी दर्ता, लाइसेन्स नवीकरणलगायत कुनै पनि यातायात सेवा पाउने छैनन्। जरिवाना रकम राज्यकोषमा बुझाएपछि मात्र सेवा पुनः सञ्चालन हुने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले एसएमएसमार्फत पनि जरिवाना तिर्न बाँकी चालकलाई सूचना पठाउन थालेको छ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०८३ १५:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

