देशभर बर्डफ्लुको त्रास बढ्दै, कालीकोटमा उच्च सतर्कता घोषणा
कालीकोट - देशका विभिन्न जिल्लामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को सङ्क्रमण देखिन थालेपछि कालीकोटमा पनि उच्च सतर्कता अपनाइएको छ।
पशु सेवा कार्यालय कालीकोटले कुखुरापालक किसान, मासु व्यवसायी र फार्म सञ्चालकलाई रोग फैलिन नदिन आवश्यक सबै सावधानी अपनाउन आग्रह गरेको हो।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख धनबहादुर महतका अनुसार हालसम्म कालीकोटमा बर्डफ्लुको कुनै सङ्क्रमण पुष्टि नभए पनि जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी र निगरानी तीव्र पारिएको छ।
कार्यालयले जिल्ला बाहिरबाट जीवित कुखुरा र चल्ला भित्र्याउने कार्यमा विशेष निगरानी गर्न, कुखुरा फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, अनावश्यक व्यक्तिको प्रवेश रोक्न तथा दाना र पानीको सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०८३ ०७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

