Harsamaya
पुरानो मजाकलाई लिएर हावा गफ नफैलाउन करिष्मा मानन्धरको आग्रह
अभिनेत्री करिष्मा मानन्धर ।

काठमाडौं - अभिनेत्री करिष्मा मानन्धरले सामाजिक सञ्जालमा वर्षौंअघिको एउटा सामान्य मजाकलाई आधार बनाएर गलत कथा फैलाइएको भन्दै त्यसलाई नदोहोर्याउन आग्रह गरेकी छिन्।

उनका अनुसार आफू कसैसँग मजाक गर्ने स्वभावको व्यक्ति नभए पनि साथीहरूको आग्रहमा ‘ट्रक ड्राइभर’ चलचित्रको छायांकनका क्रममा भएको एउटा सामान्य घटनालाई अहिले अनावश्यक रूपमा अतिरञ्जित गरेर प्रस्तुत गरिएको छ।

करिष्माले राजाराम पौडेल, शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ र विनोदजी घरमा आएका बेला राजाराम पौडेलको आग्रहमा उनकी श्रीमतीलाई महिला स्वरमा फोन गरी दोस्रो महिला बनेर बोलिदिएको बताएकी छिन् । त्यतिबेला आफू भर्खर १८ वर्षकी रहेको र करिब दुई घण्टापछि शिव श्रेष्ठले फोन गरेर त्यो केवल मजाक मात्र भएको जानकारी दिएपछि विषय त्यहीँ समाप्त भएको उनले उल्लेख गरेकी छिन् । 

उनले अहिले सामाजिक सञ्जालमा त्यही एउटा घटनालाई बारम्बार दोहोर्याएर विभिन्न कथा बनाइरहेको देख्दा दुःख लागेको बताउँदै व्यस्त समयमा यस्ता मजाक गरेर बस्ने फुर्सद कसैलाई पनि नभएको स्पष्ट पारेकी छिन् । 

करिष्माले यदि त्यतिबेला कलाकारहरू यस्तै मजाकमै समय बिताइरहेका भए नेपाली चलचित्र उद्योग आजको अवस्थासम्म नपुग्ने उल्लेख गर्दै आधारहीन हावा गफ फैलाउन बन्द गर्न सबैसँग आग्रह गरेकी छिन् । 

प्रकाशित मिति: शनिबार, असार २०, २०८३  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update