Harsamaya
२० वर्ष कैद सजाय पाएका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी कैलालीबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँ निवासी अन्दाजी ४५ वर्षीय धनबहादुर घर्ती मगर रहेका छन्। उनलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कैलाली जिल्ला अदालतले २०५६ चैत १३ गतेको फैसलाअनुसार घर्ती मगरलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो। सजाय भुक्तानका क्रममा उनी २०६१ माघ २७ गते कैलाली कारागारबाट फरार भएका थिए।

लामो समयदेखि फरार रहेका घर्ती मगरलाई प्रहरीको खोजतलासका क्रममा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका घर्ती मगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैलाली जिल्ला अदालतमा बुझाउने प्रक्रिया भइरहेको छ।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update