ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द
तनहुँ - ऋषिङ गाउँपालिकाको श्रृङ्गपथ सडकअन्तर्गत वडा नम्बर ६ स्थित ढाक्रेखोलामा ढलान कार्य सुरु भएकाले त्यस सडक १५ दिन पूर्ण रूपमा अवरुद्ध हुने भएको छ ।
निर्माण कार्यको गुणस्तरीयता सुनिश्चित गर्न तथा कामलाई तीव्रता दिन बिहीबारदेखि १५ दिनसम्म उक्त सडकखण्ड बन्द रहनेछ ।
यस अवधिमा सर्वसाधारणलाई चालिसे–काहुँ–दमौली सडक तथा सिमनाथ–काहुँ–चालिसे सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३ १३:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

