Harsamaya
बोस्नियानालाई हराउँदै अमेरिका अन्तिम १६ मा
अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गरेको छ । 

काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गरेको छ । 

बिहीबार भएको खेलमा अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले हराउँदै गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

अमेरिकाको जितमा फोलारिन बालोगनले ४५औँ मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रता दिलाए । मालिक टिलम्यानले खेलको ८२औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए । 

यस जितसँगै अमेरिकाले अन्तिम १६ मा स्थान बनाएको छ । अमेरिकाविरुद्धको हारसँगै बोस्निया–हर्जगोभिनाको विश्वकप यात्रा सकिएको छ । 

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update