Harsamaya
पेनाल्टी सुटआउटमा जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम १६ मा
जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेपछि पराग्वेका खेलाडी ।

बोस्टन – फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत भएको रोमाञ्चक खेलमा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा पाराग्वेका होसे क्यानालेले निर्णायक गोल गर्दै टोलीलाई अर्को चरणमा पुर्‍याए।

अमेरिकाको म्यासाचुसेट्सस्थित बोस्टन स्टेडियममा भएको खेलपछि पाराग्वेका खेलाडीहरूले ऐतिहासिक जितको उत्सव मनाएका थिए। अब पाराग्वेले अन्तिम १६ मा अर्को प्रतिद्वन्द्वीसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update