उज्बेकिस्तानविरुद्ध कंगोको शानदार जित, कोलम्बिया र पोर्चुगल बराबरी
काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा डीआर कङ्गोले उज्बेकिस्तानलाई पराजित गरेको छ ।
आइतबार बिहान भएको खेलमा डीआर कङ्गोले उज्बेकिस्तानलाई २-१ ले पराजित गरेको हो ।
६८ औं मिनेटमा कंगोका योवान विसाले पेनाल्टीमार्फत गोल गरेका थिए । खेलको ७८औं मिनेटमा फिस्टोन मायेलीले गोल गरे ।
यससँगै डीआर कङ्गो अन्तिम ३२ मा स्थान बनाउने दिशामा अघि बढेको छ ।
उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
यसैगरी आज भएको खेलमा कोलम्बिया र पोर्चुगलबीचको बराबरीमा सकिएको छ । दुवै टोली गोलको खोजीमा रहे गाल गर्न सकेनन् ।
प्रकाशित मिति: आइतबार, असार १४, २०८३ ०७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

