Harsamaya
स्कटल्याण्डलाई पराजित गर्दै ब्राजिल नकाउट चरणमा प्रवेश

काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-० गोलले पराजित गरेको छ । 

अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा स्टार स्ट्राइकर भिनिसियसले खेलको ७ औं मिनेमा र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले जारी विश्वकपमा ४ गोल गरिसकेका छन् । 

खेलको ६० औं मिनेटमा म्याथियस कुन्हाले तेस्रो गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update