Harsamaya
मोरक्कोको हाइटीमाथि ४-२ को रोमाञ्चक जित 

काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा मोरक्कोले हाइटीमाथि ४-२ को रोमाञ्चक जित भएको छ ।

एटलान्टामा भएको खेलमा मोरक्कोले हाइटीलाई ४-२ को पराजित गरेको हो । 

हाइटीले खेलको १०औं मिनेटमा गोल गरेको थियो । खेलको ३९औं मिनेटमा मोरक्कोका अचराफ हाकिमीले गोल गर्दै बराबरी बनाएका थिए । 

मोरक्कोका इस्माइल सैबारीले पहिलो हाफको अतिरिक्त समयमा गोल गरे । सुफियान रहिमि ७८ औं मिनेट र गेसिम यासिन ८९आंै मिनेटमा गोल गर्दै टोलीलाई सानदार जित दिलाए ।

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update