काठमाडौं - देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ।
रूकुम पश्चिमक सानीभेरी गाउँपालिका-७ बस्ने ४५ वर्षीय राम बहादुर वली सोही गाउँपालिका-४ मुसेखोलास्थित भेरी नदीमा सोमबार मृत अवस्थामा फेला परेका छन्।
पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ कम्पुटार बस्ने ६६ वर्षीय डम्बर बहादुर तामाङ सोही गाउँपालिका-७ भेडेटारस्थित मसिने खोलाको कल्भर्ट छेउमा सोमबार मृत अवस्थामा फेला परेका छन्।
कालिकोटको शुभकालिका गाउँपालिका-५ शेरी पाल्तडीस्थित कुकुरी सामुदायिक वनमा पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन्।
चितवनको भरतपुर महानगरपालिका-१० स्थित नारायणी डेभ्लप्मेन्ट बैंकका सेक्युरिटी गार्ड लमजुङ घर भएका ४५ वर्षीय गणेशराज पाण्डे सोही बैंकको कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

