Harsamaya
 पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता

काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा ब्राजिलले तेस्रो गोल गर्दै अग्रता लिएको छ ।

फिलाडेल्फिया स्टेडियममा खेलमा ब्राजिलले पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल थप्दै हैटीविरुद्ध ३—० को बलियो अग्रता बनाएको हो ।

ब्राजिलका लागि माथेउस कुन्हाले २३औं र ३६औं मिनेटमा गोल गरेका छन् । पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिलको अग्रता ३—० बनाए ।

प्रकाशित मिति: शनिबार, असार ६, २०८३  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update