Harsamaya
भेन्टिलेसन फुटाएर भागेका दुई बालक डेढ घण्टामै समातिए
सांकेतिक तस्वीर: हर समय/Har Samaya

वीरगञ्ज - पर्साको वीरगञ्ज महानगरपालिका–४ स्थित बाल सुधार गृहबाट फरार भएका दुई बालकलाई प्रहरीले डेढ घण्टामै पक्राउ गरेको छ।

डाका तथा चोरी मुद्दामा बाल सुधार गृहमा रहेका सर्लाहीको मलंगवा नगरपालिका–३ निवासी १० वर्षीय नौसाद साह र ११ वर्षीय नजिर साह आज दिउँसो करिब १:२० बजे सुधार गृहको पूर्वपट्टि रहेको भवनको माथिल्लो तलाको शौचालयको भेन्टिलेसन फुटाएर फरार भएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली परिचालन गरी खोजतलास गरिएको थियो। सोही क्रममा दिउँसो करिब ३:३० बजे नेपाल–भारत सीमा क्षेत्रस्थित मितेरी पुल नजिकबाट दुवै बालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update