Harsamaya
बिटुमिन अभावले धुलिखेल–खावा सडकको काम दुई महिनादेखि प्रभावित
धुलिखेल–खावा सडकखण्ड ।

काभ्रेपलाञ्चोक - बिटुमिन अभावका कारण अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य दुई महिनादेखि प्रभावित भएको छ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार चार किलोमिटर सडकखण्डमध्ये २.५ किलोमिटरमा पहिलो चरणको कालोपत्रे सकिए पनि बाँकी १.५ किलोमिटर पक्की गर्ने तथा ‘आस्फाल’ थप्ने काम बिटुमिन नपाउँदा रोकिएको हो।

कार्यालयले यात्रु आवागमन सहज बनाउन खाल्डाखुल्डी पुर्ने काम गरिरहेको जनाएको छ। ३१ करोड ५६ लाख रुपैयाँको लागतमा सी–एन ए–वान काली जेभीसँग गरिएको सम्झौताअनुसार आगामी पुसभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update