Harsamaya
विराटनगरबाट शेखरको उद्घोष: सार्वभौमिकता बचाउन सबै शक्तिबीच सहकार्य हुन आवश्यक
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला ।

विराटनगर - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता शुरु भएको बताएका छन ।

कोइरालाले लोकतन्त्र ईतिहाँसकै कमजोर अवस्थामा पुगेको भन्दै २०३३ सालमा विपिले  लिनुभएको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता आजको दिनमा झनै बढेर गएको बताए ।

नेपाली कांग्रेस अब विपि कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय एकता र मेलमिलापकै नीतिबाट अगाडि बढ्नुको विकल्प नभएको कोइरालाको भनाई थियो ।

कोइरालाले भने-‘नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई मजबुत बनाउन नेपालका सबै शक्तिका बीचमा सहकार्य र एकता जरुरी छ।’

विराटनगरमा आयोजित कोशी प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले गगन थापासँग कुराकानी गर्दा आफुले राखेका पाँचवटा कुरा स्विकारेको बताउँदै उनले भने- ‘सहमति गर्न अहिले के कुराले रोक्यो ?’

गगन थापाले कोइराला निवासमा पुगेर पार्टीका साथीहरूलाई कारबाहीको धम्की दिएपछि बाध्य भएर आफुले राखेका ५ बुँदे सार्वजनिक गरेको बताए ।

सहमतिबिना कांग्रेस पार्टी एक कदम अगाडि बढ्न नसक्ने भन्दै उनले भने-‘गिरिजाप्रसाद कोइरालाले भन्ने गर्नुभएको  सहमति, सहकार्य र एकता बाटै हामी हिड्नुपर्छ, त्यसका लागि सहमति, सहकार्य र एकता आफ्नै पार्टीभित्रबाट शुरु गर्नुपर्छ ।’

कोइरालाले आफूले कुनैपनि हालतमा पार्टी नफुट्ने र फुट्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  १९:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update