Harsamaya

काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिल र मोरक्कोले बराबरी खेलेका छन् । 

शनिबार न्यु जर्सीस्थित न्युयोर्क-न्यु जर्सी स्टेडियममा भएको खेलमा ब्राजिलले मोरक्कोसँग १–१ को बराबरी खेलेका हुन् ।

खेलको २१औँ मिनेटमा मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले गोल गर्दै १-० को अग्रता दिलाएका थिए । 

ब्राजिलले खेलको ३२ औं मिनेटमा स्टार स्ट्राइकर भिनिसियस जुनियरले गोल गर्दै खेललाई १-१ को बराबरी बनाएका थिए । 

पहिलो खेलमा दुवै टोलीले एक–एक अंक जोडेका छन् । ब्राजिलले आफ्नो दोस्रो खेलमा हाइटीसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  ०९:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update