काठमाडौं - आजबाट फिफा विश्वकपको २३ औं संस्करण सुरू हुदैँछ।
आजको उद्घाटनको पहिलो खेल मेक्सिको सिटीमा आयोजक राष्ट्र मेक्सिको र अफ्रिका बीचमा हुदैँछ । जुन नेपाली समय अनुसार राति १२:४५ बजेबाट सुरू हुनेछ ।
मेक्सिको सिटी स्टेडियमलाई उद्घाटन खेलको लागि स्थानको रूपमा चयन गरिएको छ, तीन फिफा विश्वकप उद्घाटन खेलहरू आयोजना गर्ने पहिलो रंगशाला पनि मेक्सिकोको नै हो ।
सो उद्घाटन समारोहमा कोलम्बिया गायिका सकिराले फिफाको अफिसियल गीत दाई दाई प्रस्तुत गर्नेछिन् भने मेक्सिकोको कला, संस्कृति र बिज्ञानको प्रदर्शनी गरिनेछ । जुन उद्घाटन समारोह ९० मिनेटको हुने जनाइएको छ। सो दिन मेक्सिकोमा सार्वजनिक बिदा पनि दिइएको छ। विद्यालय बन्द रहने देखि 'वर्क फ्रम होम' मार्फत अत्यावश्यक सरकारी सेवा सञ्चालन गरिने भएको छ ।
आयोजक मेक्सिकोले आफ्नो राजधानी शहरमा प्रतियोगिता सुरु गर्ने पहिलो राष्ट्रको रूपमा उभ्याउने छ, जहाँ १९७० र १९८६ को विश्वकप फाइनल र उद्घाटन खेलहरू आयोजना गरि सकेकाे ऐतिहासिक स्थलसमेत हो । मेक्सिकोमा यो तेस्रो पटक विश्वकप हुन लागेको हो ।
यसपटकको विश्वकप मेक्सिको, क्यानडा र अमेरिकाले संयुक्त रूपमा आयोजना गरिरहेका छन । यसपटक प्रतियोगिताको ढाँचा परिवर्तन गरी ४८ टोलीहरू सहभागी गराइँदैछ, जसले गर्दा यो इतिहासकै सबैभन्दा ठूलो विश्वकप बनेको छ।
फिफाका अनुसार आयोजक मेक्सिकोले विश्वकपको अहिलेसम्मकै सबैभन्दा ठूलो संस्करणको उद्घाटन गर्नेछ । यो पटक १०४ खेलहरू मध्ये पहिलो खेल तीन देशका १६ स्थानमा आयोजना हुनेछ। तीन देशका १६ आयोजक शहरहरूमा ४८ टोलीहरूले १०४ खेल खेलिनेछ । सिंगो खेलभरी १२४८ खेलाडी
आयोजक राष्ट्र मेक्सिकोले आफ्नो समूहका तीनवटै खेलहरू घरेलु मैदानमा खेल्नेछ, जसमा एस्टाडियो ग्वाडालाजाराले आफ्नो दोस्रो खेल जुन १८, बिहीबार खेल्नेछ भने त्यसपछि जुन २४, बुधबार मेक्सिको सिटी स्टेडियममा आफ्नो अन्तिम समूह खेल खेल्नेछ।
अमेरिका र क्यानडाले पनि उदघाटन खेलमा बिशेष समारोह गर्ने छन् । तर, उनीहरूले १२ जुनमा मात्रै उदघाटन समाराेह गर्नेछन् । क्यनाडाले टोरोन्टोमा गरिरहदाँ अमेरिकाले भने १२ जुनमा लस एन्जलसमा गर्नेछ ।

