सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप
काठमाडौं - सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद अन्तिम पटकका लागि असार मसान्तसम्म थप गरेको छ।
विवरण संकलनका लागि समय अपुग भएको भन्दै आएका अनुरोधपछि एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले जानकारी दिए ।
आयोगका अनुसार हालसम्म तीन हजार पाँच सयभन्दा बढी सम्पत्ति विवरण प्राप्त भइसकेका छन् भने ६० भन्दा बढी उजुरी दर्ता भएका छन्।
आयोगले थपिएको म्यादभित्र अनिवार्य रूपमा विवरण बुझाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।
प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३ १४:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

