Harsamaya
निश्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण सुरु गरेपछि सभामुखले जनाए आपत्ति
सभामुख डोलप्रसाद अर्याल ।

काठमाडौं - सभामुख डोलप्रसाद अर्यालले बिपक्षी सांसदहरुले सभाको अपमान गरेको भन्दै आपत्ति जनाएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण सुरु गरेपछि सभामुख अर्यालले आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरि समय तोकेर सभाको अपमान भएको भन्दै आपत्ति जनाएका हुन् । 

सभामुखले सभा सञ्चालन गर्दैगर्दा सदस्यहरूले आफ्नै विवेकले सभा सञ्चालन गर्नेगरी आफैँले समय तोक्ने कामले सभामाथि अपमान भएको उनले बताए । उनले सभामा बिपक्षी सांसदहरुको अभिव्यक्तिप्रति समेत आपत्ति जनाउदै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । 

त्यसअघि कांग्रेसका सचेतक राईले नेपाल देशलाई एकीकरण गर्न र एकताबद्ध राख्न योगदान गर्नेको सम्मान र जेनजी आन्दोलनका का लागि मौन धारणका लागि आग्रह गरेका थिए । त्यसपछि बिपक्षी सांसदहरु मात्रै मौनधारणका लागि उठेका थिए । 

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १५:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update