Harsamaya
बालिकालाई जबर्जस्ती अनैतिक कार्य गर्न लगाउने ‘स्पा’ सञ्चालिका पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ‘स्पा’मा बालिकालाई जबर्जस्ती अनैतिक कार्य गर्न लगाउने एक जना महिला पक्राउ परेकी छिन् । 

प्रहरीले ललितपुर महानगरपालिका-२ सानेपा अरूण थापा चोकस्थित ‘शुकल्प स्पा एण्ड थेरापी’की सञ्चालिका गोरखाको सिरानचोक गाउँपालिका-३ की सुमन कुमाललाई पक्राउ गरेको हो ।
 
निजले स्पा सेन्टरमा कर्मचारीका रूपमा कार्यरत एक बालिकालाई विभिन्न प्रलोभनमा पारी सेवा लिन आउने ग्राहकको इच्छाअनुसार अनैतिक कार्य गराइरहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । 

निजउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत ललितपुरबाट पाँच दिन म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update