श्रीमान्ले फलामको रडले प्रहार गर्दा श्रीमतीको मृत्यु, आरोपी पक्राउ
काठमाडौं - काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।
प्रहरीका अनुसार ४२ वर्षीय कुमार थापा मगरले घरायसी विवादका क्रममा फलामको रडले प्रहार गर्दा उनकी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेल गम्भीर घाइते भएकी थिइन्।
घाइते भुजेलको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३ ०७:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

