सात लाख बेरोजगार सूचीकृत
काठमाडौं - सरकारद्वारा सञ्चालित ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ मा चालु आर्थिक वर्षको फागुनसम्म सात लाख ४५ हजार ४३५ जना बेरोजगार व्यक्ति सूचीकृत भएका छन् ।
सरकारको चालु आर्थिक सर्वेक्षण अनुसार आव २०८१/८२ मा ७३६ स्थानीय तहका सात लाख ९७ हजार ७२५ बेरोजगार व्यक्ति सूचीकृत भएका उल्लेख छ । तीमध्ये ५५ हजार १५१ जनाले औसत ७१ दशमलव ७८ दिनको रोजगारी प्राप्त गरेका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा औसत रोजगारी दिनमा बागमती प्रदेशभित्रका स्थानीय तहले सबैभन्दा बढी ८० दिन र मधेस प्रदेशका स्थानीय तहले सबैभन्दा कम ४९ दशमलव १४ दिन रोजगारी प्रदान गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३ २१:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

