Harsamaya
रास्वपा छाडेकी ममता कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
ममता शर्मा ।

काठमाडौं - नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई मनोनयन गरेको छ ।

कांग्रेस सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी शर्मालाई आज केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । 

सभापति थापाले शर्मालाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा, ४ को उपधारा (१०) (ङ) मा व्यवस्था भए बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।  
 

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update