जेठ १४ गते सार्वजनिक बिदा
काठमाडौं - सरकारले बकर ईद (ईद-उल-अज्हा) पर्वको अवसरमा जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार २०८३ साल जेठ १४ गते बकर ईद परेको जनाएको हो ।
मन्त्रालयका अनुसार २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकाले सम्बन्धित सबैलाई जानकारी गराइएको हो ।
गृह मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना समेत व्यक्त गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३ १३:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

