Harsamaya
सर्वोच्च अदालतमा शोक बिदा
सर्वोच्च अदालत ।

काठमाडौं - सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन भएकाले आज शोक बिदा दिइएको छ । शोक बिदाका समयमा इजलास सञ्चालन नहुने जनाइएको हो । 

सर्वोच्च अदालतमा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सर्वोच्च अदालतमा पूर्वन्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै आज बिदा दिइएकाले इजलास सञ्चालन नहुने जानकारी दिए ।

उनको ९७ वर्षको उमेरमा यही जेठ ६ गते निधन भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update