Harsamaya

काठमाडौं - नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले सत्तारुढ दलका सांसदहरुले पुराना दलका सांसदहरुलाई अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छिन् । 

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बरालले सत्तारुढ दलका सांसदहरुले बोल्ने क्रममा पुराना दलका सांसदहरुलाई होच्चाउने र अमानवीय व्यवहार गर्ने गरेको भन्दै आपत्ति जनाएकी हुन्।  

उनले संसदभित्र सबै सांसदहरुको हैसियत बराबर भएको र आफूहरु बादविवाद नभइ जनताका कुरा राख्न आएको धारणा राखिन् । उनले सत्तारुढ दलका सांसदहरुले सदनमा राखेका अशिष्ट व्यवहारप्रति तत्काल ध्यानाकर्षण गर्दै त्यस्ता शव्दहरु रेकर्डबाट हटाउन माग गरिन् । 

उनले विपक्षी दलका सांसदहरुले बोलेका शव्दहरु हटाउन सभामुखको तत्काल ध्यानकर्षण हुने तर सत्तापक्षका सांसदले बोलेका अशिष्ट शव्दहरुप्रति भने सभामुखको ध्यानाकर्षण नभएको बताइन् । 

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update