Harsamaya
प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउन संसदमा पर्चासहित विरोध - हर्क साम्पाङ
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ।

काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरुले बैठकभित्र पर्चासहित विरोध गर्नुपरेको बताएका छन् । 

सोमबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष साम्पाङले जनताका प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएका कारण प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरुले बैठकभित्र पर्चासहित विरोध गर्नुपरेको बताएका हुन् । 

प्रधानमन्त्रीले थिति बनाउन नसके आगामी दिनमा बेतिथीहरु मौलाउँदै जाने उनले बताए । संसदभित्र पर्चा देखाएर विरोध गर्न मिल्छ ? भन्ने संचारकर्मीको प्रश्नमा अध्यक्ष साम्पाङले कानुन बनाउने मान्छेलाई कानुन नसिकाउन सुझाव दिए । 

उनले संसदभित्रै जस्तोसुकै स्वरुपमा विरोध गर्न सक्ने गरि आगामी दिनमा कानुन बनाउने समेत उल्लेख गरे । प्रधानमन्त्री सदनमा आउनुपर्छ भन्ने कानुनमा भएको व्यवस्थालाई प्रधानमन्त्रीले नै उलंघन गरेको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update