काठमाडौं - भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका ६ जना नेपाली बालबालिकालाई उद्धार गरिएको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा सामाजिक संस्था ‘किन इन्डिया’को पहलमा उनीहरूको उद्धार गरिएको हो ।
उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इन्डियाका कार्यकारी निर्देशक नविन जोशीले जानकारी दिए ।
उद्धार कार्यका लागि खटिएको ‘किन इन्डिया’ का प्रतिनिधिहरुले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि बालबालिकालाई नेपाल ल्याइने बताए ।
उद्धार गरिएका बालबालिकामध्ये चार जना कोशी प्रदेशका छन् । उनीहरूलाई आवश्यक परामर्श तथा संरक्षण व्यवस्थापछि मोरङ लैजाने योजना छ ।
बालबालिका विभिन्न घटनामार्फत भारत पुगेकाले घटनाको प्रकृति फरक–फरक रहेको बताइएको छ । यसबारे थप विवरण आवश्यक परामर्श तथा अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ ।

