Harsamaya
नुवाकोटको पासाङ ल्हामु राजमार्ग स्तरोन्नतिका लागि ७६ करोड बजेट विनियोजन
नेपाली काँग्रेसका नेता जगदीश्वरनरसिंह केसी ।

काठमाडौं - नुवाकोट जिल्लाको विकासको मेरुदण्ड मानिएको पासाङ ल्हामु राजमार्ग स्तरोन्नतिको कामले गति लिने भएको छ ।

रानीपौवा–पिपलटार सडकखण्ड स्तरोन्नतिका लागि ७६ करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी नेपाली काँग्रेसका नेता जगदीश्वरनरसिंह केसीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

पहिलो चरणअन्तर्गत बालाजु–रानीपौवा सडकखण्ड स्तरोन्नतिको काम सञ्चालनमा रहेको छ । बाँकी रहेको रानीपौवा–पिपलटार खण्डका लागि पटक–पटक अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा राष्ट्रिय योजना आयोगमा ताकेता गरिएको केसीले बताएका छन् । 

 ‘आमनिर्वाचन अगावै स्रोत सुनिस्चितता भएको तर निर्वाचन आचारसंहिता लागेर रोकिएको ७६ करोड बजेट बिनियोजन भएको खबरले केहि राहत पक्कै महसुस गराएको छ’, उनले लेखेका छन् । 

केसीले सडक निर्माणमा संलग्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि तथा उपभोक्ताप्रति आभार व्यक्त गरेका छन् । उनले विगतमा सडकका कारण स्थानीयले भोग्नुपरेको समस्या अब अन्त्य हुने विश्वास व्यक्त गर्दै बजेट कार्यान्वयनपछि गुणस्तरीय निर्माण सुनिश्चित गर्न नागरिकस्तरबाट समेत निगरानी गरिने बताएका छन्।

केसीले जनताको सुख–दुःखमा सधैं साथमा रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  १०:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update