Harsamaya
प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ
सांकेतीक तस्वीरः हर समय/harsamaya

काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक टोल घर भई हाल काठमाडौंको शंखमूल बस्दै आएका २२ वर्षीय प्रकाश खड्का छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आजै विज्ञप्तिमार्फत् खड्कालाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update