नागढुंगामा खैरो हेरोइनसहित एक जना पक्राउ
काठमाडौं - काठमाडौँको नागढुंगाबाट खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–१४ का २९ वर्षीय जीवन लामा रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार २०८३ कात्तिक ८ गते बिहान करिब ६ः३० बजे चन्द्रागिरि नगरपालिका–२, नागढुंगास्थित क्षेत्रमा सवारीसाधन जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।
नागढुंगा प्रहरी प्रभाग र लागूऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा बसमा सवार लामाको साथबाट प्लास्टिकसहित १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद पदार्थसहित लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३ १३:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

