Harsamaya
बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार विपक्षीको बहिष्कार र प्रमुख प्रतिपक्षी दलको अवरोधबीच नीति तथा कार्यक्रम पारित भएको हो । 

अवरोधबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी चार दलले सदन बहिष्कार गरेका छन् । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू बैठक छाडेर हिँडेका थिए । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने सदनमै बसेर अवरोध गरेका थिए । प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उनुपस्थित भएपछि अर्थमन्त्रीले जवाफ दिएका हुन् । विपक्षी दलहरूले भने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जवाफ दिनुपर्ने अडान राखेका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  २२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update