Harsamaya
रास्वपा महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठक ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मिति तय गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन हुने रास्वपा सचिवालय सदस्य तथा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए ।

आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तोकेको हो । यसअघि पार्टीले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update