कोरिया विमान दुर्घटना, मृत्यु हुनेको संख्या ६२ पुग्यो
                            
                            
                                                        
                                                    सियोल - दक्षिण कोरियामा भयानक विमान दुर्घटना भएको छ ।
 दक्षिण कोरियाको एक विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको पुष्टि भएको छ । 
जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किँदै गर्दा धावनमार्गबाट बाहिर निस्केर मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएर आगलागी भएको थियो । यसमा १८१ जना सवार थिए, दुई जना बाँचेकालाई अहिलेसम्म उद्धार गरिएको जापानको उद्धार विभागले जनाएको छ।
कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको सो विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको सुरुमा जानकारी दिएको थियो । उसका अनुसार विमान धावनमार्गबाट बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो ।
योनहापका अनुसार उद्धार अभियान जारी रहँदा दुई व्यक्ति जीवितै फेला परेको छन् । उद्धार कार्य जारी रहेको जनाउँदै सो समाचार एजेन्सीले थप विवरण आउन बाँकी रहेको जनाएको छ ।
                        प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १०:२१
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
