Harsamaya
बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु
सांकेतिक तस्वीर : हर समय/Har Samaya

बाजुरा - बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । मंगलबार साँझ बुढीगंगा नगरपालिका–३ ताप्राकी ३७ वर्षीया कल्पना देवी थापाको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।

मृतक थापा बुढीगंगा नगरपालिका वडा नं. ३ की महिला वडा सदस्य समेत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।३७ बर्षीया थापा फालासैन बजारबाट घर फर्किने क्रममा भिर माथीबाट आएको ढुंगा लागेको थियो ।

पैदल बाटोबाट ५० मिटर तल खसेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक एंव् सूचना अधिकारी नरेश बहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार,घटनाबारे स्थानीयले टेलिफोन मार्फत जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी गराएपछि प्रहरी चौकी बार्जुगाडबाट प्रहरीको घटनास्थल पुगेको बताए ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली घटनास्थल तर्फ गएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update