Harsamaya
सकारले जेनजी आन्दोलनका शहीद र घाइतेकोे योगदान बिर्सिदै गयो :सांसद खतिवडा
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्री ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका शहीद र घाइतेप्रति सरकारले अझै न्याय दिन नसकेको बताएकी छिन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले जेनजी आन्दोलनमा बलिदान दिएका नागरिकको योगदान बिर्सिदै गएको भन्दै आन्दोलनका क्रममा निर्दोष जनतामाथि गोली चलाउने दोषीहरूलाई कानुनी कठघरामा ल्याउन माग गरिन् ।

उनले युवाहरूको सपना र भविष्यमा आक्रमण गर्ने दोषीलाई कहिले सर्वसाधारणलाई राख्ने जेलमा देख्न पाइन्छ? भनेर प्रश्न समेत गरिन् ।

उनले भनिन्,‘आज देश परिवर्तनको नयाँ चरणमा पुगेको छ । तर जुन जेनजी आन्दोलनको शहीद तथा घाइतेको रगतमा टेकेर जनादेश आएको थियो, उनीहरुलाई बिर्सिदै गएका हौं ? शहीद परिवार र घाइतेको मनमा न्यायको मलम अझै लागेको छैन् । सदनमार्फत म यो प्रश्न गर्न चाहन्छु–के निर्दोष जनतामाथि गोली चलाएर युवाहरुको सपना र भविष्यमाथि आक्रमण भएको छ, ति दोषिलाई जेलमा देख्न पाउँछौं ?’

उनले न्यायपालिकाप्रति पनि असन्तुष्टि व्यक्त गर्दै न्यायालयमा शुद्धीकरण आवश्यक रहेको बताइन्।

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update