काठमाडौं - नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिमा १९ जना सदस्य मनोनयन गरेका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम सभापति थापाले महाधिवेशन प्रतिनिधिहरूमध्येबाट केन्द्रीय सदस्य मनोनयन गरेका हुन् ।
मनोनयन हुनेहरूमा महेन्द्र यादव, जीवन परियार, उमेश श्रेष्ठ, रमेश रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, लक्ष्मी परियार, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, राजीव कोइराला, राजीव ढुंगाना, गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, दिनेश कोइराला, डा. जीवन राना तथा सीता थपलिया (उर्मिला) रहेका छन् ।
पार्टीका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलाल द्वरा जारी प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिइएको हो ।

