Harsamaya
मुगु कर्णाली नदीमा महिला मृत फेला
मुगुम कार्मारोङ गाउँपालिका–६ निवासी ४१ वर्षीया टोमा लामा मुगु कर्णाली नदीमा मृत अवस्थामा फेला ।

मुगु - मुगुको मुगुम कार्मारोङ गाउँपालिका–६ निवासी ४१ वर्षीया टोमा लामा मुगु कर्णाली नदीमा मृत अवस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार श्रीमान् पेमा तोर्चे लामाकी पत्नी टोमा लामाको शव रिउस बगरस्थित मुगु कर्णाली नदीको बीच भागमा शुक्रबार फेला परेको हो ।

मुगुम कार्मारोङ गाउँपालिका–७ का स्थानीय ठिल्ले लामाले प्रहरी चौकी पुलुलाई घटनाबारे जानकारी गराएपछि प्रहरी नायब निरीक्षक वीरबहादुर चन्दको कमाण्डमा पाँच सदस्यीय टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलियाका अनुसार टोमा लामा वैशाख २२ गते राति करिब ८ बजेदेखि घरबाट हराइरहेकी थिइन् । हराएको चार दिनपछि उनको शव नदीमा तैरिरहेको अवस्थामा फेला परेको जानकारी आएको प्रहरीले जनाएको छ ।

घटना कसरी भयो भन्नेबारे हालसम्म स्पष्ट जानकारी प्राप्त नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update